धन किरण गुरुङको ‘तिम्रो यादमा’ सार्वजनिक (भिडियो सहित)


चलचत्रि निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा गायक धन किरण गुरुङको आवाजमा सजिएको नयाँँ गीत ‘तिम्रो यादमा’ भिडियो सार्वजनिक भएकको छ । गीतकार सुनील थापाको शव्द रचान रहेको गीतलाई सिर्जन नेपालले संगीत भरेका छन् । सिर्जन नेपालकै संगीत संयोजन रहेको गीतको भिडियो फरक शैलीमा निर्माण गरिएको छ । गायक धन किरण गुरुङले फिचरङि गरेको भिडियोमा गायकले म्युजिसियनहरुको साथमा लाइभ प्रस्तुति दिइरहेको दृश्य समाबेश गरिएको छ ।
शिर कुमार साम्पाङ राईले छायाँकन गरेको भिडियोलाई राम प्रसाद चोधरीले सम्पादन र कलरिङ गरेको भिडियो बुढासुब्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । कृष्ण सुबेदीको सृङगार र दिनेश राईको सहायक छायँकन रहेको भिडियोलाई अल्का गुरुङले निर्माण गरेका हन् ।। 
हेर्नुहोस् भिडियो ....

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता