दिनेश माङमु लिम्बुको निर्देशनमा ‘म जव जव’ सार्वजनिक (भिडियो सहित)

पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक तथा कल्चरल कोरियोग्राफर दिनेश माङमु लिम्बुको निर्देशनमा नयाँ गीत ‘म जव जव’को भिडियो सार्वजनिक गरिएको छ । गायक जीएम राईको सुमधुर आवजमा सजिएको गीतमा कमल खत्रीको शव्द सृजना तथा कमल खत्रीकै संगीत रहेको छ । गायक जीएम राई र सबु तामाङको उत्कृष्ट अभिनय रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । एक प्रेमी आफ्नो मायालुलाई सवथोक दिन तयार भएको मायालु प्रति समर्पित भएको प्रेमील भावहरु समाबेश भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । राकेश गुरुङको संगीत संयोजन रहेको गीतलाई रमेश सेन्चुरीले मिक्सिङ गरेका हुन् । सुरेन्द्र लामाको सृङगार रहेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।
भिडियो



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता