कोरोनाको कहरः सुस्ताउँदै इलामको पर्यटन व्यवसाय


इलाम, ८ चैतः पूर्वी नेपालको सुन्दर जिल्ला इलाममा यतिवेला विश्वभरी फैलेको कोरोना (कोभिड–१९) को संक्रमणकाे प्रभावले अछुतो रहेको छैन । पर्यटकिय नगरी इलाम यतिवेला पर्यटकले भरिभराउ हुने गरेको थियो तर अहिले इलाममा पर्यटक छैनन् । होटलहरु सुनसान जस्तै देखिन्छन् सडकहरुमा सवारीसाधन कम कुद्न थालेका छन् । 
नेपाल सरकारले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरे सँगै विद्यार्थीहरु पनि घरजाने हतारोमा देखिएका छन् । विश्वलाई नै आक्रान्त परेको कोभिड–१९ले इलाम वसीमा पनि त्रास फैलाएको छ । नेपालमा यसको संक्रमण नदेखिए पनि सतर्कता भने अप्नाउन जरुरी भए सँगै भिडभाडमा नजने, अत्यावश्यक काम वाहेक घरवाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । इलाममा रहेको इलाम अस्पताले पनि अवश्यक तयारी गरिसकेको छ । 
इलाममा वसेर पर्यटनक्षेत्रमा काम गर्नेहरुको यो वेला खासै काम नभएको र पर्यटक नआउँदा होम स्टेहरु पनि सुनसान रहेको भालुढुङ्गा पर्यटन प्रवर्धन समितिका अध्यक्ष हरि गुरुङ वताउछन् ।
इलामको धेरै जसो अर्थतन्त्र पर्यटनले धान्ने भएकोले पनि यति वेला इलामलाई धेरै नै असर परेको छ । वाहिरबाट पर्यटकहरु नआउँदा इलाम सुनसान जस्तै नै भई सकेको छ । इलामको नजिकै रहेका पर्यटक स्थलहरुमा पनि पर्यटकहरु आउन छोडेका छन् । इलाममा रहेका अन्य व्यावसायमा भने अहिले खासै असर परेको छैन । स्थानीहरु किनमेलमा आई रहेका छन् ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता