माईभ्याली गोल्डकपः फाइनल प्रवेशका लागि आयोजक र आर्मी भिड्दै

इलाम, २२ फागुनः इलाममा जारी माइभ्याली गोल्डकपको छैटौँ संस्करणमा फाइनल प्रवेशको लागि घरेलु मैदानमा पहिलो पटक सेमीफाइनल पुगेको आयोजक माईभ्याली फुटबल क्लब र पहिलो संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी माईभ्याली गोल्डकपको उपाधि होडमा आज प्रतिष्पर्धा गर्दैछन्। ठुलो टुडिखेलमा जारी प्रतियोगितामा घरेलु टोली ए डिभिजन लिगको अनुभव बटुलेका खेलाडीहरु सहित मैदान उत्रने तयारीमा छन्‌।  
सेमीफाइनलसम्म पुग्नका लागि आयोजक टोलीले पाहुना टोली ग्यान्टोक सिटिलाई २–० र कोलकोत्ताको महोमोडन स्पोटीङ क्लवलाई २–१ ले हराएको थियो। छैटौ संस्करणसम्म आइपुग्दा आयोजकले सेमीफाइनल सम्म स्थान बनाउन सकेको थिएन्। आर्मी विरुद्ध जीत निकाल्दै पहिलो पटक घरेलु मैदानमा उपाधि होडमा पुग्ने आयोजकको लक्ष्य रहेको छ। 
यता विश्वकप छनौटका लागि राष्ट्रिय टोलीका क्लोज क्याम्पका कारण पहिलो संस्करण विजेता आर्मी दोश्रो रोजाईका खेलाडी सहित मैदान उत्र्दैछ। यदपी आर्मीबाट राष्ट्रिय टोलीमा स्थान बनाइसकेका जितेन्द्र कार्की, टंक बस्नेत, सन्तोष तामाङ उमेर समुहका विवेक बस्नेत सहित मैदान उत्रँदैछन्‌। आर्मीले सेमीफाइनल प्रवेशका लागि  अर्को ए डिभिजन क्लब संकटालाई हराएको थियो। आर्मी लिगको उपविजेता टोली समेत हो। आगामी फागुन २४ गते हुने फाइलन खेलका लागि लिग विजेता मछिन्द्रले स्थान बनाइसकेको छ। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता