इलामको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागी हुँदा पच्चिस लाख क्षति

अागलागीकाे सांकेतिक तस्वीर
इलाम, २२ फागुनः इलामको फाफोकथुम ६ फुस्रेमा  रहेको  तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागि हुँदा पच्चिस लाख बरावरको क्षति भएको छ ।  सिमेन्टको  पिलरको खाबा भएको  काठको बेरा  र टिनको छाना भएको २ तले घरमा विद्युत सर्ट भई आगलागी भएको थियो , ,उक्त आगलागि बाट घर, घर भित्र रहेको भाडाबर्तन, अन्नपात, लत्त कपडा, दुई थान टेलिभिजन, दुई वटा ल्यापटप र चारवटा डेक्सटप कम्प्युटर सहित, टेबल, कुर्सि, दराज, खाट र कागजात आगलागिबाट जलेर नस्ट भएको छ । 
 साझ ६ वजे लागेको  आगलागि स्थानियबासि र प्रहरीको सहयोगमा राति ८ वजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव  उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता