इलामको गोलाखर्कबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

इलाम, २२ फागुनः इलामको गोलाखर्कबाट लागु औषध ब्राउन सुगर ४.५ ग्राम सहित  दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । फागुन १५ गते गस्तिमा खटिएको प्रहरीले इलाम नगरपालिका ९ गोलाखर्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने बर्ष २५ को रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० को बिशाल सिवा रहेका छन । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय इलाममा अनुशन्धान भई रहेको  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता