माईभ्याली गोल्डकपः आर्मीलाई हराउँदै आयोजक फाइनलमा प्रवेश

इलाम, २२ फागुनः इलामको ठुलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भएको खेलमा आयोजक माइभ्याली फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।  माइभ्यालीले त्रिभूवन आर्मीलाई सट एण्ड डेथमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधीको लागि  शनिबार आयोजकले मच्छिन्द्र क्लब काठमाण्डौसँग भिड्ने छ ।
निकैनै प्रतिस्प्रधी रहेको खेलको ३४ औँ मिनेटमा करण राईको  गोलबाट आयोजकले लिएको  अग्रता ६ मिनेट पनि टिक्न सकेन आर्मीका सन्तोस तामाङले गोल गर्दै आर्मीलाई बराबरीमा फर्काए । पहिलो हाममा एक एकको बराबरी खेलेका दुवै टीमले दोस्रो हाफमा पनि गोल गर्न सकेनन थप समयमा पनि कुनै गोल नभए पछि खेल ट्राइव ब्रेकरमा गएको थियो । ट्राइव ब्रेकरमा तीन तीन भएर वरावर भए पछि सट एण्ड डेथमा आयोजक विजयी भएको हो । थप समयको पहिलो हाफमा आर्मीका विवेक वस्नेतले दोहोरो पहेलो कार्ड पाउँदै मैदान छोडेका थिए ।  
आजको खेलमा माइभ्यालीका गोल रक्षक देव लिम्वु मेन अफ दि म्याच भए । उनले पन्द्र हजारार नगद र ट्रफि पाए ।  
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता