इलामको फाकफोकथुमा खुकुरी प्रहार गरिएको अवस्थामा दम्पतीको शव फेला

इलाम, २८ फागुनः इलामको  फाकफोकथुम गाउँपालिकाको एक दम्पतीको खुकुरी प्रहार गरिएको अवस्थामा मृत भेटिएका छन्। फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने ठाउँमा अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी सोही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा  ‘रहस्यमय हत्या गरिएको’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेको अवस्थामा छ । नजिकै  रगत लतपतिएको नांगो खुकुरी भुइँमा फालिएको छ। उता पत्नी रीताको शव भने धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको आवस्थामा छ । घटनास्थल  नजिकै घाँस काट्न जान ठिक्क पारेको  हँसिया र नाम्लो पनि रहेको छ । दिउँसो भएको सो घटनाना प्रहरीमा १ वजे तिर खबर आए पछि प्रहरी घटना स्थलमा पुगेको छ । 
जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ। ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन,’ घटनाको अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी हेन्मन्त भण्डारीले जानकारी गराए । धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको र उनीहरूका लगभग १२ वर्षे १ छोरा, ९ वर्षकी १ छोरी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान पछि आउने जानकारीकोलागि अपडेट हेर्दै गर्नुहोला । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता