फाकफोकथुम हत्याकाण्डः शव परिक्षणको लागि धरान लगियो

इलाम, २८ फागुनः इलामको  फाकफोकथुम गाउँपालिकाको एक दम्पतीको खुकुरी प्रहार  गरिएको अवस्थामा मृत भेटिएको घटनको थप अनुसन्धान गर्नका लागि धरानबाट कुकुर सहित अनुसन्धानको टोली घटनास्थल पुगे सँगै शव पोसमाटमको लागि धरान लगिएको छ ।  वुधबार दिउँसो फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने ठाउँमा अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी सोही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा  ‘रहस्यमय हत्या गरिएको’ अवस्थामा भेटिएको थियो । 
जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको टोलीले शव उठाएर धरान पठाएको हो। ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन,’ घटनाको अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी हेन्मन्त भण्डारीले जानकारी गराए । धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको र उनीहरूका लगभग १२ वर्षे १ छोरा, ९ वर्षकी १ छोरी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान पछि आउने जानकारीकोलागि अपडेट हेर्दै गर्नुहोला । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता