माइभ्यालीको सिजनल टिकटको उपहार ३२ इन्चको एलइडी पुवामझुवाका प्रकाशलाई


इलाम, १ चैत्रः इलाममा सञ्चालन भएको छैटौ माइभ्याली गोल्डकपमा सिजनल टिकट काट्नेलाई राखिएको भग्यशाली उपहार इलाम नगरपालिका ३ पुवामझुवाका प्रकाश थापाले पाएका छन् । गोविन्द इलोक्टोनिकका गोविन्द कर्माचार्यले सौजन्य गरेका ३२ इन्चको एलइडी  टेलिभिजन आज (शनिबार) एक कार्यक्रम गरेर वितरण गरिएको थियो । प्रतियोगिताको फाइनल खेलको दिन लक्की ड्राबाट ३८ नं.को टिकटलाई सो उपहार परेको हो । आज उपहार वितरण कार्यक्रमा माइभ्याली  फुटबल क्लबका महासचिव विदोद श्रेष्ठ र अन्य पदाधिकारीको उपस्थितिमा एलइडी सौजन्य गर्ने गोविन्द कर्माचार्यले वितरण गरेका थिए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता