मंगलबारदेखि नेपाल पूर्णरूपमा लकडाउन हुँदै, घर बाहिर पनि निस्कन नपाइने

काठमाडौं, १० चैत। कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले भोलिदेखि पूर्णरुपमा देशलाई लकडाउन गर्ने निर्णय गरेको छ ।
फ्रान्सबाट आएकी १९ बर्षीया एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर सर्वसाधारणलाई घर बाहिर निस्कन दिइने छैन।
सरकारको निर्णय अनुसार भोलि मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मका लागि लकडाउन हुनेछ । यद्यपि सरकारले खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्न पाइने जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता