कोरोना भाइरसको महामारीः विश्वभर संक्रमण फैलदो, १६ हजार १ सय बढीको ज्यान गयो

इलाम, १0 चैत । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणका कारण सोमबाट रातीसम्मम विश्वभर १६ हजार १सय १८ को ज्यान गएको छ ।
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको महामारीबाट विश्वभरमा सोमबाट रातीसम्ममा १६ हजार १ सय बढीको ज्यान गएको हो । जसमा सबैभन्दा धेरै इटालीमा ६ हजार ७७ को ज्यान गएको छ । ६३ हजार ९ सय २७ जना भाइरसको संक्रमित भेटिएका छन् भने ७ हजार ४३२ जना निको भएर घर फर्किसकेका छन् ।
धेरै ज्यान जाने मुलुकको सूचीको दोस्रो स्थानमा रहेको भाइरसको उद्गमस्थल चीनमा ३ हजार २ सय ७० जनाको ज्यान गएको छ । चीनमा ८१ हजार ९३ जना संक्रमित भेटिएकामा ७२ हजार ७०३ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै नेपालमा पनि २ जनामा संक्रमण भेटीएको छ एकजना निको भएर घर फर्किएको र एक जनाको उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता