माईभ्याली गोल्डकपः एमएफसीलाई ३–०ले हाराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश

इलाम, २१ फागुनः इलामको ठुलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भएको खेलमा मच्छिन्द्र क्लव विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।  मच्छिन्द्रले भारतको एमएफसी दार्जिलिङलाई ३–०ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधीको लािग मच्छिन्द्रले भोलीहुने आयोजक र त्रिभूवन आर्मीविचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ ।
हेर्नुहाेस भिडियाे ....

निकैनै प्रतिस्प्रधी रहेको खेलको १९ औँ मिनेटमा रेजिन सुव्वाको गोलबाट अग्रता लिएको मच्छिन्द्रले फेरी दुई मिनेट नवित्तदै एडीलाजा समिडेले अग्रता दोव्वर गरेका थिए । खेलमा र्फकनको लािग एमएफसीले धेरै संर्घष गरे पनि फर्कन सकेन । पहिलो हाफ दुई शुन्य रह्यो । दोस्रो हाफमा दुवै टीमबाट गोल गर्ने अवसर सृजना भए पनि सदुपयोग हुन सकेन । खेलको अन्तिम समयमा वन भर्सेज वानमा रेजिनले व्याक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई तीन शुन्यले जीत दिलाए । 
आजको खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ मेन अफ दि म्याच भए । उनले दश हजारार नगद र ट्रफि पाए । भोलीको दोस्रो सेमिफाइनल खेल आयोजक र त्रिभूवन आर्मीविच हुने छ । 
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता