माईभ्याली गोल्डकपः फाइन प्रवेशकालागि एमएफसी दार्जिलिङ र मच्छिन्द्र क्लब काठमाण्डौँ भिड्दै

इलाम, २१ फागुनः इलामको ठुलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भारतको एमएफसी दार्जिलिङ र नेपालको मच्छिन्द्र क्लब काठमाण्डौँ भिड्दैछन् । आजहुने पहिलो सेमिफाइनलमा नेपालको एडिभिजन लिग विजेता मच्छिन्द्रले भारतको मानेभञ्ज्याङ फुटबल क्लबको सामना गर्ने छ । नेपालका राष्ट्रिय खेल्लाडीले भरिभराउ भएको मच्छिन्द्र क्लवलाई एमएफसीलाई हराउन त्यती सजिलो भने छैन । एमएफसीमा मेघालयको सिलङका खेलाडीहरुले भरिभभराउ रहेको छ भारतमा हुने आइलिगसमेतको अनुभव वोटुलेका खेलाडीहरु मैदानमा उत्रिनेछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता