माईभ्याली गोल्डकपः मोहमडन विरुद्ध संघर्ष पूर्ण जीत निकाल्दै आयोजक सेमिफाइनलमा


इलाम, २० फागुनः इलामको ठुलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भएको खेलमा आयोजक माइभ्याली फुटबल क्लव इलाम विजयी भएको छ  छ । इलाममले भारतको कलकोत्ताको मोहमडन स्पोटीङ क्लवलाई २–१ गोलले जीत हात परेको हो ।
खेलको सुरुवाती मिनेटमै इलाममका विदेशी खेलाडी जुनियर अंगुनेको गोलबाट अग्रता लिएको थियो । इलामले लिएको अग्रतालाई खेलको पहिलो हापको अन्तिम मिनेटमा मोहमडनका क्यारिमे वनाडले गोल गर्दै कोलकत्तालाई बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा दुवै टीमले निकै राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको इन्युरी समयमा इलाममले पाएको फ्रि किकको सदुपयो गर्दै इलामका अन्द्रे थियरी वियकले गोल गर्दै माइभ्यालीको जीत सुनिश्चित गरेका थिए । 
आजको खेलमा माइभ्यालीका अन्द्रे थियरी वियकल मेन अफ दि म्याच भए । उनले दश हजारार नगद र ट्रफि पाए । भोलीको खेल मच्छिन्द्र क्लब काठमाण्डौँ र भारतको एमएफसी दार्जिलिङ विच हुने छ । 
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता