माईभ्याली गोल्डकपः भारतको आइ लिगमा शिर्ष स्थानमा रहेको ममोडन र इलाम भिड्दै

इलाम, २० फागुनः इलामको ठुलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज आयोजक माइभ्याली फुटबल क्लव र ममोडन स्पोटीङ कल्व विचको खेल हुने छ । यस अघि इलामले ग्यान्टोकलाई हराउँदै कोलकत्तासँगको भेट पक्का गरेको थियो । 
आज हुने खेलमा इलामबाट सिक्कीमसँगको खेलमा देखिएका इलामे स्टार दर्शन गुरुङ र छिरिङ गुरुङ देखिने छैनन् उनीहरु राष्ट्रिय टीमको क्लोज क्याममा गइसकेका छन् उनीहरुको ठाउँमा माइभ्यालीले सरण वस्नेत र विक्रम धिमाललाई मैदानमा निकाल्ने तयारी गरिरहेको छ । भर्पर्दा डिभेन्स् छिरिङ र शहिदस्मारक लिगका युवा स्टार दर्शन पनि नहुँदा इलामलाई केही असहज भने हुने छ । 
भारतको एक चर्चित क्लबको रुपमा रहेको ममोडन अहिले भारतमा भई रहेको आइ लिगमा ग्रुप वीमा रहेकाे ममाेडनले राम्रो प्रदर्शन गरिरहेको छ ।  अहिले ६ खेलमा ३ खेल जीत निकाल्दै अंकतालिकाको प्रथम स्थयानमा रहेको छ ।


इलामको खेलमैदानमा ममोडन जस्तो क्लब आउनुनै ठूलो कुरा रहेको फुटबलका जानकारहरु वताउँछन् । आइ लिग खेलिरहेको ममोडनबाट पहिलो रोजाईका खेलाडी नआए पनि उसँग भएका राम्रा खेलाडी इलामे मैदननमा उत्रिने क्लवले वताएको छ । विदेशी खेलाडी सहित २८ जना खेलाडी अनुमोदन गरेर बनेको क्लबमा राम्रा खेलाडीहरुको कमी भने रहेको छैन । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता