माईभ्याली गोल्डकपः गोर्खा ब्वाइजलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा


इलाम, १९ फागुनः इलामको ठुलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भएको खेलमा मच्छिन्द्र विजयी भएको छ । गोर्खा ब्वाइजलाई ट्राइब्रेकरमा ५–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच जना राष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको शहिद स्मारक लिग विजेता मच्छिन्द्र क्लवलाई निर्धात समयमा र थप समयमा पनि गोर्खा ब्वाजले बराबरमा रोकेको थियो । 
आजको खेलमा मच्छिन्द्रका रञ्जित धिमाल मेन अफ दि म्याच भए । उनले दश हजारार नगद र ट्रफि पाए । भोलीको खेल आयोजक र भारतको कोलकत्ताको ममोडन स्पोटीङ क्लव विच हुने छ । 
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता