पूर्वेली लोकशैलीको ‘इलाम बजार’ सार्वजनिक(भिडियो सहित)

इलाम, १९ फागुनः सुन्दर जिल्ला इलामको वर्णनसहितको नयाँ लोकभाका सार्वजनिक भएको छ । ‘इलाम बजार’ बोलको गीत आइतबार सार्वजनिक गरिएको हो ।
रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना तथा राज लिम्बूको आवाजमा सजिएको गीतमा सुनील राईले संगीत भरेका छन् । गीतकार रोवर्ड र गायक राज दुबै इलामेली हुन् । रोवर्ड चुलाचुली तथा राज फिक्कलका बासिन्दा हुन् । यद्यपि, हाल दुबै जना वैदेशिक रोजगारीमा छन् । 
युएईमा रहेका गीतकार रोवर्डको यो छैठौँ गीत हो । कतारमा श्रम गरिरहेका गायक राजको भने यो गीत नै पहिलो हो । झापा बाहुनडाँगीका संगीतकार सुनील पूर्वका परिचित संगीतकार हुन् ।
गीतमा इलामको मौसम, रहनसहन तथा स्थानका नामहरु समेटिएको छ । पूर्वेली लोकशैलीको यस गीतमा इलामको सुन्दर वातावरणमा जिन्दगीलाई हाँसेर बिताउन पनि सन्देश दिइएको छ । सबै उमेर समूहकाले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको गायक राजले बताए ।
‘हेर्नुहोस भिडियो



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता