माईभ्याली गोल्डकप : सुदिलको दुई गोलमा आर्मी सेमिफाइनलमा प्रवेश

इलाम, १८ फागुनः इलामको ठुलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको आज भएको खेलमा त्रिभुवन आर्मी विजयी भएको छ । आर्मीले संकटा क्लवलाई २–१ ले हराउँदै जीत निकालेको हो । आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रेको आर्मीले संकटासँग संघषपूर्ण जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरिएको छ । 
आर्मीको जीतको लागि सुदिल राईले दुई गोल गरेका थिए । पहिलो हापको खेलको ७ औँ मिनेटमा विवेक वस्नेतले गरेको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठबाट रिवाउन्स आएको वललाई आर्मीका सुदिलले सहज गोल निकालेका थिए । तर आर्मीको अग्रता खेल शुरुवतीमा लिएको अग्रतालाई संकटाले खेलको ४१ औँ मिनेटमा डेडी आम्वाको गोलमा बराबरमा ल्यायो । दोस्रहापमा आर्मीले संकटालाई दवावमा राख्न सफल भयो । दोस्रो हाफको खेलको ३७ औँ मिनेटमा विवेक वस्नेतको क्रसमा सुदिल राईले नै व्याक्तिगत दोस्रो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरेका थिए । 
आजको खेलमा सुदिल राई म्यान अफ दि म्याच भए । उनले दश हजारार नगद र ट्रफि पाए । भोलीको खेल शहिद स्मारक लिग विजेता मछेन्द्र कल्व र गोर्खा ब्वाइज रुपन्देही विच हुने छ । 
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता