माईभ्याली गोल्डकपः आर्मी र संकटालाई साख जोगाउनै मुस्किल

इलामको ठुलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपमा आज त्रिभुवन आर्मी र संकटा क्लवको खेल हुँदैछ । आजको खेल जीतने टीम सेमीफाइनल प्रवेश गर्ने छ । आगामी चैत्रमा हुने विश्वकप छनौटका लागी आर्मीका ७ जना र संकटाका ३ जना खेलाडी क्लोज क्याम्पमा रहेका आफ्ना स्टार खेलाडी विना नै दुवै टीम मैदानमा उत्रनेछन् ।
सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै आएको आर्मी विरुद्धको खेलमा संकटालाई जित निकाल्न कठिन हुने देखिन्छ । इलामे मैदानमा तुलात्मक रुपमा आर्मी अनुभवि टोली रहेको छ । पहिलो संस्करणको प्रतियोगिता जितेको आर्मी टोली तेश्रो संस्करणको फाइनल पुगेको थियो । पहिलो संस्करणको विजेता टीम त्यस पछिको यात्रा सेमीफाइनल सम्म मात्र हुँदै आएको छ । आर्मीले यसै महिना नवलपुरमा भएको पाँचौ राइनो गोल्डकपमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो । आर्मी झापामा भएको तेश्रो शिवसताक्षी गोल्डकपमा उपविजेतामा नै चित्त वुझाएको थियो।  शहिद स्मारक लिगको सातौ स्थानमा रहेको टोली संकटाको सिजनमा दोस्र प्रतियोगिता हो । बागमती गोल्डकपको सेमीफाइनलमा संकटा क्लब जावलाखेलसँग हारेको थियो । 
आज हुने खेलमा आर्मीबाट पुर्व राष्ट्रिय खेलाडी जितेन्द्र कार्की, दिप लामा, टंक बस्नेत, सन्तोष तामाङ, विवेक बस्नेत, विवश चौधरी लगायतका खेलाडी मैदान उत्रने छन् । संकटा क्लबबाट यु–१९ का डिफेन्डर रोमन लिम्बु र गोलरक्षक रोहित कार्की रहेका छन् । राष्ट्रिय टिमका पुर्व डिफेन्डर रवि सिलवाल इलाम आए पनि इन्जुरीका कारण बेञ्चमा हुने सम्भावना रहेको छ  ।
प्रतियागितामा नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जिलिङको  एमएफसी दार्जिलिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लब र आयोजकको माइभ्याली फुटबल क्लबलले सहभागिता जनाएकोमा भारत नागाल्याण्डको कोइमा इगल, सिक्कीमको ग्यान्टोक सीटी र झापा ११ भने पराजित हुँदै घर फर्किसकेका  छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता