भारतले बन्द गर्‍यो इलामको पशुपतिनगर नाका

इलाम, १ चैत्रः नोबल कोरोना भाइरस (कोभिड १९) को कारण देखाउँदै भारतले इलाममा रहेको नेपाल भारत सिमाको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहानदेखि नाका बन्द गरेको हो।
नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। ‘अनिश्चितकालका लागि नाका बन्द गरेको सीमामा रहेको भारतीय प्रहरीले  जानकारी दिएको छ । आज नाकाबाट गाडी चल्न बन्द छ, टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ।’ स्थानीय भने आवश्यक कामका लागि सीमा आउ–जाउ गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता