सरकारले तीन दिनमा चीनबाट अत्यावश्यक सामाग्री ल्याउने, कोरोनाभाईरसको संक्रमण भएका विरामीलाई पाटन अस्पताल पठाउने

इलाम, १२ चैत्रः सरकारले अबको तीन दिनमा चिनबाट स्वास्थ्यकर्मी र चिकित्सक लगायतका लागि अत्यावश्यक उपकरण सामाग्री ल्याउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज गरेको पत्रकार सम्मेलनमा सरकारले अबको तीन दिनमा अत्यावश्यक उपकरण लगायतका सामाग्री ल्याउने बताएका हुन ।
त्यस्तै सरकारले कोरोनाभाईरसको संक्रमण भएका विरामीलाई पाटन अस्पताल पठाउने भएको छ । हालसम्म टेकु अस्पतालमा पठाउँदै आएकोमा अबदेखि  कोरोना संक्रमित विरामीलाई पाटन सार्ने तयारी रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज नेपाल टेलिभिजनले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनले भने  भने विहान पाटनअस्पतालमा अनुगमन गर्न मन्त्रालयको टिम टेकुमा कोरोनाका पोजेटिभ देखिएका विरामीलाई पाटन पठाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता