साङरुम्वाका अनिसले मातातीर्थको अवसरमा बालआश्रम र वृद्धाश्रमलाई सहयोग

इलाम, १२ बैशाखः मातातीर्थको अवसर पारेर इलामका एक युवाले आफ्नो इलाममा रहेका वृद्धाश्रम र बाल आश्रमलाई नगद सहयोग गरेका छन् ।
इलाम नगरालिका वाड न १२ साङरुमबा घर भइ हाल युएईमा रहेका अनिश खुलाल कार्कीले आफ्ना बुबा आमामार्फत् उक्त सहयोग गरेका हुन् । 
 मातातीर्थ ओैसिको दिन इलाम नगरपालिका वाड न १० गोदकमा रहेको माइभगवती वृद्धाश्रमलाई  पाच हजार र इलाम नगरपालिका ९ मा रहेको राहसल बाल गृहलाई चार हजार रकम सहयोग गरेका थिए ।
लकडाउनको बेला आर्थिक तथा खाद्यान्न अभाव टरोस् भनेर सहयोग गरेको युवा अनिश कार्कीले ट बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता