झापाका एक पुरुषमा कोरोना पुष्टी, नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

इलाम, १२ बैसाखः हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ । आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ । जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ । हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता