कोरोनाको चपेटामा राजनितिक दाउपेच र यसको प्रभाव

देश साच्चिकै संकटको समयमा रहेका बेला सबै दलहरु मिलेर यस संकटको समयमा एकजुट हुनुपर्ने बेलामा देशका केन्द्रिय राजनितिज्ञहरु तथा स्वयं सरकार पनि यती बेला फोहोरी राजनितिक दाउपेचमा लागेको कुरा छल्ङ्र्ग भएको छ । चाहे प्रधानमन्त्रीले पुर्व संचार मन्त्रीलाई चोख्याउन गरेको प्रयास वा ओम्नी गु्रपलाई कालो सुचीमा राखी कार्वाही गरे पश्चात निजले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीको भुक्तानीको लागि गरेको प्रयास होस ।
सरकारले जारी गरेको दल बिभाजन सम्बन्धी अध्याधेस होस अथवा पुर्व प्रहरी प्रमुख सहितको टोलीले डा. सुरेन्द्र यादवलाई जनकपुर÷बर्दिवासबाट काठमाडौं सम्म लगेको घटना होस ....।
केवल हाम्रा देशका राजनितिज्ञलाई दाउपेचको खाँचो रहेको छ अनी अझ कम्युनिष्ट सरकारले श्रमजिबी÷मजदुरलाई गरेको सहयोग हेर्दा त अचम्म नि लाग्ने रहेछ धन्य छन ।
ती जनता जसले तिमिलाई यती सम्म बनाइदिए बदलामा तिमिले के दियौ ? आखिर कम्युनिष्टको सिद्धान्त यही हो ?  २०४७ सालको राजनैतिक परिवर्तन पछी नेताहरुहरुको जीवन शैलीमा तथा सम्पतीमा आएको परिवर्तन चाही कस्ले खोज्ने हो ? कस्ले जाँच गर्ने हो ? कस्ले फैसला गर्ने ? संबैधानीक निकाय देखी लिएर न्यायधिस सम्मनै राजनैतिक नियुक्ती छ । 
यसको अर्थ सवै राजनैतिक दलका हनुमानहरु छन । यिनिहरुबाट हामीले अपेक्षा के गर्ने ? यिनीहरुले जाँच गरेको रिपोर्ट पत्याउन योग्य रहन्छ ? संबिधान सभा निर्बाचनका वखतमा जारी भएको घोषणा पत्रमा  सबै दलहरुको राजनितिक स्थाइत्व, सामाजिक रुपान्तरण लगायतमा एउटै आवाज थियो । तर आज त्यो परिस्थिती रहेन राजनैतिक स्थाइत्व पुगिसके जस्तो छ स्वयं प्रधानमन्त्री ज्यु लाई पनि अनि तपाइँले नै नाकाबन्दी पश्चात प्रधानमन्त्रीबाट राजिनामा दिदा बन्चरो र त्यसको बिंडको काहानी बडो ढंगले गर्नुभएको थियो ।  त्यो केवल अन्यलाई मात्र हुन्छ तँपाइ स्वयंलाई हुन्न ? जसरी अहिलेको सरकारले गरेको काम एकदमै बिर्सन लायक बाहेक केही छैन ।
 त्यस माथी बिज्ञ मन्त्री....... बास्तवमा म सानो छँदा मेरी आमाले गाली गरेर भन्नुहुन्थ्यो कि “नपढेका भन्दा पढेका मान्छे मुर्ख हुन्छन”  । कहिले काँही लाग्छ साच्चिकै मेरी आमा त ज्ञाता हुनु्हुदो रहेछ । अर्थ मन्त्री ज्यु, तँपाइले जती अध्ययन गरेको छैन, तँपाइले जती देश दुनिया देखेको छैन तर यस्तो बिसम परिथितीमा अर्थतन्त्र कसरी चलायमान हुन्छ त्यसको बारेमा केही भन्नेछु ।
१. कोरोना प्रभाबित, अतिप्रभाबित र कम प्रभाभित गरि बर्गाीकरण गर्ने ।
२. अति प्रभाबित र प्रभाबित क्षेत्र बाहेकका क्षेत्रहरुमा निर्बाद रुपमा उद्योग/कलकारखानाहरु संचालनमा ल्याउने तथा प्रभाबित क्षेत्रमा समेत सामाजिक दुरी कायम गरेर तथा कोरोना संक्रमणबाट बच्ने सुरक्षा सामाग्री प्रयोग गरेर उद्योग÷कलकारखानाहरु संचालनमा ल्याउने ।
३. अती प्रभाबित क्षेत्रलाई सम्पुण रुपमा बन्द गर्ने तथा अति प्रभाबित र प्रभाबित क्षेत्रहरुमा परिक्षण तिब्र गतिमा गर्ने (जसरी चाइना सरकारले प्रबिधि प्रयोग गरेर बाटोमा हिडिरहेको ब्यक्तिमा कोरोना छ÷छैन भनी जाँच गथ्र्यो हामी त्यती गर्न नसके पनी हालको परिक्षण संख्या सन्तोस जनक नरहेको यदी यही गतिमा परिक्षण गर्ने हो भने आजको १० बर्ष सम्ममा पनी सम्पुर्ण नेपालीको परिक्षण गरी सकिन्न) ।
४. उद्योग÷कलकारखानाहरुमा प्रवाह भएको कर्जामा केही ब्याज सहुलियत गरि समयावधी कम्तीमा १ वर्ष थप गरिदिने ।
५. निजी क्षेत्रका कर्मचारी÷मजदुरको कोरोना बिरुद्ध सामुहिक बिमा सुबिधा नेपाल सरकारले प्रदान गर्ने ।
६. संसद बिकास कोष तथा प्रादेशिक सरकारको कोषहरु रकमान्तरण गरेर कोरोना कोषमा जम्मा गर्ने ।
७. राजनिती भनेको सेवा हो त्यसैले कम्तीमा ३ महिना बराबरको संघिय संसद, प्रादेशिक संसद र स्थानिय जनप्रतिनिधीहरुको तलव तथा सुबिधा कोरोना कोषमा जम्मा गरयौं ।
८. सम्पुर्ण निजी क्षेत्रहरुले हाल कोरोना कोषमा जम्मा गरेको रकम आगामी ३ बर्ष सम्म संस्थागत सामाजिक उत्तरदायीत्व खर्च देखाउन मिल्ने ब्यवस्था गरयौं  । निजी क्षेत्रले आफ्नो नाफाको १ प्रतिसत रकम संस्थागत सामाजिक उत्तरदायीत्वमा खर्च गर्नै पर्ने हुन्छ त्यसको सट्टामा यो वर्ष ३ प्रतिशत गर्न लगाउ र बाकी २ प्रतिशत आगामी बर्ष ऋबचचथयखभच गर्ने ब्यबस्था मिलाउ) ।
९. यसरी जम्मा भएको रकमलाई प्र.म. अर्थमन्त्री तथा स्वतन्त्र अर्थ बिज्ञ सहितको समीती मार्फत खर्च हुने ब्यबस्था मिलाउने ।
१०. निर्यात जन्य उद्योग प्रबद्धन गर्ने ।

साथै प्रधान मन्त्रीको सल्लाहकारहरुको सुची हेर्दा म आफै दंग हुने गर्दछु । के.पी. ओली काम नगर्ने पनि होइनन् गर्न नसक्ने पनि होइनन् केबल यिनका सारथीहरु दाउपेचमा रहेको, हरेक घटनाको राम्रो पक्ष मात्र ब्रिफिङ्ग गर्ने वा गलत ब्रिफिङ्ग गर्ने, प्र.म. का हरेक कमि कमजोरीमा राम्रो पक्ष भनेर तालि पिट्ने, गलतलाई गलत र सहीलाई सही भन्न नसक्ने ? प्रधानमन्त्रीलाइृ गलत कुरामा बोल्न उस्काउने ? भ्रष्टचारको मुद्दामा परेकालाई समेत सुन पानी छर्केर चोख्याउने प्रयास गर्ने ?  प्रधानमन्त्री ज्यु यस्ता सल्लाहकारले तँपाइलाई कही पुरयाउदैनन् यस्ता सल्लाहकारहरु भनेका त केवल राजनिती दाउपेचमा खेल्ने हनुमान बाहेक कोही होइनन् । यसले नेपालमा राजनितिक दलहरुपत्री नकारात्मक प्रभाव पार्ने तथा नेपालमा बहुदलको सट्टामा निर्दलिय ब्यबस्था, राष्ट्रपतिय सासनको सट्टामा गैह्र राष्ट्रपतिय सासनहरुको मलजल गर्ने बाहेक केही पनी हुने छैन । 

अन्यमाः हाम्रो देशको बजेटको आकार हेर्ने हो भने नेपाल सरकारले लगभग १५/१६ खर्बको बजेट ल्याउने तथा सो मध्ये करिब ८ खर्ब आन्तरिक श्रोतबाट हो भने करिव ७÷८ खर्व आन्तरिक ऋण÷बैदेशिक ऋण÷बैदेशिक सहायताबाट प्राप्त हुन्छ भने हाम्रो साधारण खर्च (३ तहको सरकार, संसद, जनप्रतिनिधीको तलब, भक्ता सुबिधा, सरकारी, निजामती कर्मचारी तथा सरकारी कार्यलयको खर्च) लगभग १० खर्व जती रहेको छ । यसको अर्थ हामिले करिब वर्षको २ खर्व आन्तरिक ऋण/बैदेशिक ऋण/बैदेशिक सहायताबाट प्राप्त गरी संचालन गरिरहेका छौं जुन हाम्रो देशको अर्थतन्त्रले धान्न सकिरहेको छैन त्यस माथी त्यो रकममा पनी दुरुपयोगको त कुरै छोडौं । त्यसैले सबै नेपालीले एक पटक हामिले गरेको निर्णय सायत पुनर्बिचार गर्ने बेला पो भएको हो की । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता