एन-प्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल मृत फेला, हत्या आशंकामा २ जना पक्राउ


कैलाली, १२ वैशाख । कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरियामा एक जना शिक्षक मृत फेला परेका छन् ।
जिल्लाको रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भुसाल निजी विद्यालयहरुको संगठन एन-प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेकाे खुलेकाे छ ।
स्थानीयले भने उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । हत्या आशंकासँगै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । मृत भेटिएका भुसालकाे शरीरमा चाेट र घाउ समेत देखिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।
गौरीगंगा नगरपालिका वडा नम्वर- ९ बस्ने ४० वर्षीय भुसाल पुर्व-पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिममा मृत फेला परेका हुन् । प्रहरीले बिहीबार राति साढे १० बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको बताएको छ । 
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता