बारामा पुनः थप एकजनामा कोरोना संक्रमण, आज मात्र चार संक्रमित फेला परे


बारा, १७ बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा निर्मित कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा रहेका थप एक जनामा कोराना संक्रमण देखिएको छ ।
यसअघि आज विहान मात्र बारामा नै एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित दुवै मुस्लिम समुदायका हुन भने उनीहरु दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर आएका व्यक्ति रहेको प्रशासनले जनाएको छ ।
उनीहरु फागुन २९ गते दिल्लीबाट नेपाल फर्केका हुन । उनीहरुसँगै नेपाल फर्केका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई सिमरा स्थित आईसोलेसनमा राखी स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको अस्पतालले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १९ ईनर्वासिरामा रहेको मस्जिदमा धार्मिक गुरुको रुपमा रहेको समेत खुलेको छ ।
अस्पतालका चिकित्सक अनुस थाका अनुसार उनीहरुको यही बैशाख १४ गते स्वाब संकलन गरी बीरगञ्ज पठाईएको र बीरगञ्जले काठमाण्डौ पठाएको थियो ।
बीरगञ्जमा संक्रमित एक व्यक्तिसँगै उनीहरु नेपाल फर्किएको जानकारी पाएपछि उनीहरुलाई सिमरामा रहेको आईसोलेसनमा राखिएको थियो ।

दुवै पुरुषमा कोरोना संक्रमण देखिए पछि अहिले उनीहरुलाई बीरगञ्ज स्थित कोभिड अस्पताल पठाईएको अस्थायी अस्पताल सिमराका प्रवक्ता कृष्ण गैरेले जानकारी दिनुभयो ।
यस अघि आज विहान पर्सामा पनि दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । सरकारी तवरबाट आज थपिएका चारै जनाको औपचारिक पुष्टि हुन भने बाँकी छ । पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्ने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता