भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २ जनामा कोरोना संक्रमण देखियाे


चितवन, ५ वैशाख । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको छ ।
भरतपुर अस्पतालका अनुसार ती दुवै जना व्यक्ति राप्ती नगरपालिकाका भएको बुझिएको छ । उनीहरू दुवैजना एक महिनाअगि विदेशबाट आएका थिए ।
उनीहरुबारे थप विवरण खुलाइएकाे छैन । तर दुवैका स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ । यति बेला उनीहरुका परिवारका अन्य दुई व्यक्तिलाई पनि भरतपुरकै आइसोलेसन कक्षमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता