घर हिंडेका सयौं यात्रु चितवनको मोवा खोलामा भोकभोकै अलपत्र, स्थानीय प्रशासन प्रतिक्रियाविहीन


चितवन, ४ बैशाख । काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ लगाएतका स्थानबाट घर हिंडेका यात्रु धादिङको मोवा खोलामा अलपत्र परेका छन् ।
जिल्ला प्रशासन कार्यलय चितवनले जिल्ला प्रवेश अनुमति नदिदा उनीहरु अलपत्र परेका हुन् । धादिङ र चितवनको सीमानामा पर्ने मोवा खोलामा सयौं ब्यक्ति अलपत्र पर्दा चितवन प्रशासनले घर पठाउने वा जहाँबाट आएको सोहि स्थनमा पठाउने भन्ने निर्णय लिन सकेको छैन ।
काठमाडौंमा रहेर यतिका दिन सम्म गुजारा गरेको भएपनि लकडाउनको समय अवधि थपिएसँगै घर फर्केका मजदूरहरु अलपत्र परेका हुन ।
जिल्ला प्रशासन कार्यलय चितवनले चितवनमा हिंडडुल गर्न नपाईने भन्नु र अन्य जिल्लाका नरोकिदाँ यो समस्या आईपरेको हो ।
अन्यत्र जिल्लाले आफ्नो जिल्ला प्रवेशमा रोक लगाएको भए फिर्ता जान सकिने भएपनि चितवन आइपुग्दा चितवन जिल्ला प्रवेशमा रोक लगाईदिदा यात्रुहरु अलपत्र परेका हुन् ।
अलपत्रपरेकाहरु बसिरहेको स्थानको स्थानीय निकायमा राहत माग्दा नागरिकताको फोटोकपी नभए सम्म राहात नदिने भनेपछि पैदल हिडेरै भएपनि आफ्नो घर फर्कने खोजेका थिए ।
धादिङको सिद्दलेक गाँउपालिकामा ज्याला मजदूरी गर्दै आएका एक ब्यक्तिलाई त्यहाँको गाँउपालिकाले राहत चाहिने भए नागरिकता लिएर आउनु भनेपछि आँफु भोकभोकै मर्नु भन्दा घर सम्म जानपाए केहि हुने भन्दै दुखेसो पोखे ।
यता चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने यस बिषयमा केहि प्रतिक्रिया दिन चाहनु भएन् । पटक पटक अब अलपत्र यात्रुलाई के गर्नु हुन्छ जिज्ञासा राख्दै गरिएको प्रश्नमा उहाँले केही बोल्न चाहनु भएन ।
अन्य जिल्लाबाट सहजै आएका यात्रुलाई चितवन प्रबेशमा रोक लगाएसँगै रोकिएका गाँउका स्थानीय भने प्रशासन प्रति आक्रोशित भएका छन् ।
स्थानीयहरुले धेरै ठूलो संख्यामा यात्रु अलपत्र परेको भन्दै आफूहरु जोखिममा बस्न नक्ने बताउदै आएका छन् ।
उक्त स्थानमा समाधान निकाल्न भन्दै मोवा खोला पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुख, तथा धादिङका सरोकारवालाहरु केहि निचोड ननिकाली यात्रुलाई यत्तिकै छाडेर हिडेका थिए ।
उक्त स्थानमा धेरै ठूलो शङख्यामा यात्रु अलपत्र परेपछि रोराङ गाँउपालिकाका स्थानीयहरुले ट्रकमा चढाएर घर पठाउने तयारी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता