आरडीटी पोजेटिभ देखिएका झापा हल्दिबारीका युवकको पिसिआर रिपोर्ट नेगेटिभ (हेर्नुस् रिपोर्ट)

झापा, ४ वैशाख । -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा झापा हल्दिबारीका एक युवकमा एन्टिबडी पोजेटिभ देखिएकाे थियाे । तर पिसिआर प्रविधिबाट परीक्षण गर्दा भने नेगेटिभ देखिएको छ ।
बिहीबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । त्यस लगत्तै युवकको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ नै कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।
बिहीबार दिउँसो आएको रिपोर्टबाट पिसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘पिसीआर नेगेटिभ भएसँगै कोभिड–१९ को संक्रमण नभएको प्रष्ट हुन्छ’ जिल्ला विपद् व्यवस्थापन समिती सहायता कक्षका सचिव समेत रहेका चम्लागाईँले भने, त्यसैले आत्तिनु पर्दैन ।’
उनले आरडीटी पोजिटभ देखिएका युवकसँगै झापाबाट अन्य २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र त्यसको पनि रिपोर्ट आउने क्रममा रहेको बताए ।
आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका थिए । उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता