इलाममा ८२ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

इलाम, ४ वैशाख । इलाममा अहिले कोरोनाको र्‍यापिड टेस्टलाई तीब्रता दिइएको छ । इलाममा बुधबार बेलुकासम्म ५८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपाेर्ट नेगेटिभ आएको छ ।
इलाममा अहिले ४ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । ९ बेडको आइसाेलेसन तयार गरिएको पनि जिल्ला प्रसाशन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले बताए । इलाम जिल्लामा अहिलेसम्म ६ हजार ८ सय २८ जनालाई राहत वितरण गरिएको पनि उनले बताए ।
यतिवेला विश्व नै कोरोना भाइरस (कोभिड १९)सँग लडिरहेको छ । विश्वमा २० लाख ८३ भन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । नेपालमा अहिले १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता