थप एकजनामा कोरोना पुष्टि, अन्यको धरानमा परीक्षण हुँदै

काठमाडौं । नेपालमा एकजना थप कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो । उनी उदयपुरका ३३ वर्षका नागरिक भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उदयपुरमा अहिले ३२० जनाको पीसीआर विधिद्वारा परीक्षणका लागि स्वाब संकलन भएको छ । 
उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण देखिएको आशंकापछि उनीहरुलाई एम्बुलेन्समा धरान लगिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता