
इलाम, ९ वैशाख । इलाममा अहिले कोरोनाको र्यापिड टेस्टलाई तीब्रता दिइएको छ । इलामको माङसेवुङमा गाउँपालिकामा मंगलबार १८ जनाको र्यापिड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । माङसेवुङ गाउँपालिकामा अहिले विभिन्न देशबाट नेपाल आएका १९ जना होम क्वारेन्टाइनमा रहेका छन् । आज भएको र्यापिड टेस्टमा १८ जनाको परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको हो । एक जना भने पानी परेको कारण आउन नसेको माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले वताए ।