नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, मंगलबारमात्रै ११ जना थपिए





काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ ।
“उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित कोशी अस्पतालमा उपपचाररत रहेका छन् । निजहरुको संसर्गमा रहेका २६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भइरहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
अन्य थप ६९ जनाको परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा नमुना पठाइएको थियो । त्यसमध्ये ८ जनाको नतिजा पोजेटिभ देखिएकाले थप परीक्षणको लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठानमा पठाइएकोमा परीक्षण गर्दा पुष्टि भएकाले निजहरुलाई हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
अहिले पुष्टि भएका संक्रमितहरुमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष छन् भने ३६ वर्षीय एक महिला र एकजना उमेर नखुलेको महिला गरी जम्मा ११ जनामा कोरोनाको नतिजा पोजेटिभ देखिएको छ । यसरी अहिलेसम्मको विवरणअनुसार नेपालमा कोरोना पुष्टि भएकाको संख्या ४२ पुगेको छ ।
तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता