प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ पुग्यो, संक्रमितमा २ महिला पनि


विराटनगर, ९ वैशाख । प्रदेश नं. १ मा २४ जनालाई कोरोना संक्रमण देखिएको छ । सवै जना उदयपुर जिल्लाको भुल्केका हुन् ।
१३ जनाको यस अघिनै विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइराखेको छ भने मंगलबार थप ११ जना कोरोना संक्रमित भेटिएका छन् । ११ जनामा ९ जना पुरुष र २ जना महिला रहेको प्रदेश १ सरकारले जानकारी दिएको छ ।
हाल सम्म प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडीटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमूना परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमूना परीक्षण भएको हो ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता