भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ६४५ जनाको मृत्यु


काठमाडौं, १० वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
भारतमा बुधबारसम्म कोरोना भाइरसका कारण ६४५ जनाले ज्यान गुमाएका छन् भने २० हजार ८० जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टाभित्र मात्रै भारतमा ५३ जनाको मृत्यु भएको छ भने एक हजार ५४१ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबारसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९२ थियो भने संक्रमितको संख्या १८ हजार ५३९ थियो ।
भारतमा अहिले ३ हजार ९७५ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १५ हजार ४६० जनाकाे काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर पनि संक्रमणको दर झनै बढ्दै गइरहेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता