रामेछापमा बस दुर्घटना : २८ घाइते, २ को अवस्था गम्भीर


  • युवराज श्रेष्ठ
रामेछाप, १० बैशाख । रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान बा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा २८ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
३९ जना यात्रु बोकेर आएको बस रामेछापको कुनौरीमा बुधबार बिहान ४ः३० बजे तिर दुर्घटना हुदा २८ जना घाइते भएको छ ।
दुई जनाको भने अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा. केशब धामीले जानकारी दिएको छ । अन्य घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बस मोडमा बस घुमाउने क्रममा सडकमै पल्टिएर दुर्घटना थियो ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता