
इलाम, १६ वैशाखः इलाम नगरपालिकाले जिल्ला बाहिरबाट आएका ३३ जनालाई क्वारेन्टाइनामा राखेको छ । नगरपालिकाले सोमबाट देशका विभिन्न ठाउँबाट आएकालाई सिलिखान स्थित नवनिर्मित जिससको भवनामा क्वारेन्टाइनमा राखेको नगरपालिकाकी स्वास्थ्य साखाकी प्रमुख रमन्ता पौडेलले जानकारी गराईन । इलाम नगरपालिकाका १२ जना र अन्य स्थानियतहका २१ जना रहेको र अन्य पालिकाकालाई स्थानिय पालिकामा आजै पठाउने तयारी गरिएको पनि उनले वताईन ।