रौतहटमा कोरोना संक्रमित भेटिएका इलाकामा स्थानीय प्रशासनद्धारा घेरावन्दी


रौतहट, १६ वैशाख । दुई जना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले संक्रमित भेटिएका इलाका घेरावनदी (सील ) गरिएको गरेको छ ।
रौतहटको चन्द्रपुर क्वारेन्टाइनमा रहेको एक व्यक्तिको प्रादेशिक ल्याव जनकपुरमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ आए पश्चात बैशाख ६ गते घर पठाइएकोमा काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालको ल्यावमा पुनः परीक्षण गर्दा पोजिटिभ देखाएको थियो ।
२५ वर्षीय ती युवक वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा टोलका वासिन्दा हुन् । उनी चैत १७ गते भारतबाट घर आएपछि २२ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । उनी विगत १० दिन देखि घर परिवारमा बस्दै आएकाले उनको घर परिवार तथा समुदायमा समेत संक्रमण हुन सक्ने सम्भावना देखिएकाले सो इलाका घेरावन्दी (सील) गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै देवाही गोनाहीको रहेका क्वारेन्टाइन बस्दै आएको ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएकाले उनी बस्दै आएको इलाका घेरावन्दी (सील) गरिएको उहाँको भनाइ छ । ती पुरुष क्वारेन्टाइन जानु पहिले घरपरिवार एवं ससुरालीमा केही दिन बसेको सम्भावना देखिएकोले निजहरुको परिवार एवं समुदायलाई मास स्क्रिनिङ्ग गर्नुपर्ने अवस्था रहेको हुँदा उक्त प्रयोजनका लागि परिवार एवं समुदायलाई अलग गरेर राख्न ती इलाकाहरु घेरावन्दी (सील) गरिएको उहाँले बताउनुभयो ।
स्थानीय प्रशासनले बृन्दावन नगरपालिका वडा नं। ९ भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ यति चार किल्ला भित्रको इलाका र देवाही गोनाही न.पा. वडा नं। १ नहरटोल पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लाल बकैया नदीको नहर दक्षिणमा नहर(मन) उत्तरमा खेसरहिया गाउँ गरी चार किल्ला भित्रको इलाका पूर्ण रुपमा घेरावन्दी (सील) गरेको हो ।
उक्त घेरावन्दी (सील) गरिएको इलाकावाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रवाट घेरावन्दी (सील ) गरिएको इलाकामा प्रवेश गरेमा कानून बमोजिम कडा कारवाही गरिने ब्यहोरा समेत जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । उक्त इलाकाका ब्यक्तिहरु वाहिर जान नपाउने र उक्त इलाकामा वाहिरका ब्यक्तिहरु जान नपाउने गरी घेरावन्दी (सील) गरिएको छ । संक्रमित दुबैजनालाई बीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता