प्रदेश १ मा मंगलबार साँझसम्ममा ५ हजार ९ सय जनाको कोरोना परीक्षण


विराटनगर, १६ वैशाख । प्रदेश १ मा मंगलबार साँझसम्ममा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ ।
पीसीआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल २ हजार १ सय ४० जना पुगेको छ ।
१७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता