भारतमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या एक हजार नाघ्याे, एकैदिन ६९ काे मृत्यु


काठमाडाैं, १७ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
मंगलबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २९ हजार ४१५ थियाे भने मृत्यु हुनेकाे संख्या ९ सय ३९ पुगेको छ ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३१ लाख ३६ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख १७ हजार ८१३ पुगेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता