कुवेतमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या ५१ पुग्यो


काठमाडौं, १७ बैशाख । मंगलबार एकै दिन कुवेतमा २२ जना नेपाली कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । नेपाली राजदूतबासका अनुसार पछिल्लो पटक परिक्षण गरिएका मध्येमा २२ जनाको कोराना भाइरस पोजेटिभ रिपोर्ट आएको हो ।
यो सँगै कुवेतमा रहेका नेपालीमा संक्रमण हुनेको संख्या ५१ पुगेको छ । यसअघि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
झण्डै ७० हजार नेपाली कुवेतमा श्रमिकको रुपमा कार्यरत छन्। हालसम्म कुवेतमा जम्मा ३ हजार ४ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । जसमा २३ जनाको ज्यान गइसकेको छ । १ हजार ११७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता