बारा र पर्साका थप ३ जनामा कोरोना भाइरस संक्रमणकाे आशंका


पर्सा, १७ वैशाख । बारा र पर्साका थप तीनमा कोरोना भाइरस संक्रमणकाे आशंका गरिएको छ । भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको आशंका गरिए पनि यकीन पुष्टि हुन बाँकी छ ।
हेटौंडास्थित ल्याबमा उनीहरुको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएको स्रोतको दाबी छ । यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि भने गरेकाे छैन । नारायणी अस्पताल स्रोतका अनुसार वीरगञ्जको सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा रहेका एक जना र बाराकाे सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन् । यी पुष्टि भएमा नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुग्नेछ । यसअघि रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता