जनकपुरका विपन्न परिवारको हाल बेहाल, स्थानीय सरकारको शून्य उपस्थिति


  • घनश्याम मिश्र
जनकपुर, ८ वैशाख । लकडाउनको आज २८ औं दिन । तराई-मधेशमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्नेहरुको अवस्था कहालीलाग्दो छ । सरकारले घोषणा गरेको राहत प्याकेजको पनि हप्ताैँ बितिसकेको छ । धनुषाको जनकपुरधाम उप महानगरपालिकामा अझै पनि राहतको ‘र’ सम्म वितरण हुन सकेको छैन ।
दैनिक काम गरेर गुजारा गर्नेहरु राहतको परखाईमा छ तर स्थानीय निकायका जनप्रतिनिधिहरु उप-महानगर वडा- २४ वसहिया टोलमा एकपटक हेर्नसम्म नआएको गरिब, विपन्नको गुनासाे छ ।
भोलाप्रसाद लाल कर्ण (५५)ले बैंकबाट ३ लाख २५ हजार कर्जा लिएर रिक्सा किने । तर लकडाउनमा रिक्सा चलेको छैन । पाँचजनाको परिवारलाई के ख्वाउने कुनै आय उपार्जन छैन । कर्णले गहभरि आँसु झार्दै सरकारले घोषणा गरेको राहतसमेत अहिलेसम्म पाउन नसकेको न्यूज २४ बताए ।
घर अगाडि नयाँ ई-रिक्सा थाकेको छ । र सरकारले कहिले राहत लिएर आउने उनले प्रतीक्षा गर्दै छन् । उक्त वार्डमै यस्तै समास्या अर्का एक परिवारको पनि छ । ३० वर्षीय नैन कुमारी राउतको परिवारमा ४ जना सदस्य छन् । २ जना छोरालाई लिएर जेनतेन जीविका चलाएका छन्, राउत परिवारले । नैनले लकड़ाउन बीचको पीड़ा सुनाउँदै भनिन्, ‘पति लेबरीमा काम गर्ने गर्थे । तर लकडाउन सुरु भएपछि घरबाहिर निस्किन पाएका छैनौँ ।’
सबै फ़ोटो खिची नाम लेखी जाने गरेको सुनाउँदै उनी भक्कानिए, ‘अहिले सम्म हामीले सरकारले दिने भनेको राहत पाएको छैन ।’
सोही वडाकी अनितादेवी सोनारको पनि यस्तै बिजोग छ । पाँच परिवारको सोनार परिवारलाई २ छाक खानलाई समस्या छ । सरकार अहिलेसम्म कुनै प्रकारको राहत उपलब्ध नगराएको पीड़ा सुनाउँदै अनिता भन्छिन्, ‘स्थानीय सरकारको कुरा नगर्नुस् हामीसंग । पैँचो उधारो गरेर यतिबेला जेनतेन जीवन निर्वाह गरेकी छु ।’
रीना दासको अवस्था छन पीडायक छ । पति बेपत्ता छन् । पाँचजना छोरीमध्ये २ छोरी बोल्न नसक्ने अवस्थामा छन् । बबिता र सबिता जन्मैदेखि बोल्न छोडेको आमा रीनाले बताईन् । भुँइचालो आएको बेला २०७२ मा पति विश्वनाथ दास कामको सिलसिलामा काठमाण्डू गएदेखि नफर्केको रिनाले न्यूज २४ सँग बताइन् ।
रीनालाई यतिबेला गाउँले नै वरदान सावित भएको छ । २ छाक भोजन व्यवस्थापन गाउँलेद्वारा नै सहयोग हुने गर्छ । लकडाउन अवधि यतिबेला काम गर्ने समय नभएर रीना घरमा नै बाल-बच्चासँग बस्ने गर्छिन् ।
यी चार परिवार उदाहरण मात्र हुन् । यस्ता थुप्रै घरपरिवार सरकारको प्रतीक्षामा छन् । राहतको प्रतीक्षामा बसेका यी परिवारबारे स्थानीय सकार बेखर छन् । नगरभित्रको यो हाल छ भने दूरदराज, गाउँको अवस्था के होला सहजै अनुमामन लगाउन सकिन्छ ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता