इलामको फाकफोकथुममा ४३ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


इलाम, ८ वैशाख । इलाममा अहिले कोरोनाको र्‍यापिड टेस्टलाई तीब्रता दिइएको छ । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबार ४३ जनाको  र्‍यापिड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । फाकफोकथसम गाउँपालिकामा अहिले विभिन्न देशबाट नेपाल आएका ४० जना होम क्वारेन्टाइनमा रहेका छन् । आज भएको र्‍यापिड टेस्टमा ३२ जना होम क्वारेन्टाइनमा रहेका र अन्य स्वदेशकै विभिन्न ठाउँबाट आएका संकास्पद ११ जनाको परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको हो । 
होम क्वारेन्टाइमा रहेका ८ जना टेस्ट गर्न नआएको पनि फाकफोकथुम गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत रेखनथ दहालले उल्लेख गरेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता