१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने तीन जना प्रहरी नियन्त्रणमा

कैलाली, ३ वैशाख । कैलालीको भजनीमा एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पीडित युवती गाईवस्तु गोठाला गएकी वखत तीन जना युवा मिलेर मंगलबार जबर्जस्ती करणी गरेका थिए । नियन्त्रणमा परेकाहरुमा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणी बस्ने २९ बर्षीय रामकुमार चौधरी, सोही स्थान बस्ने बर्षका २२ का मंगल चौधरी र ३१ बर्षीय सुरेश कुमार चौधरी रहेका छन् ।
किशोरीलाई विभिन्न प्रलोभन देखाई, ललाइ फकाई गरी भजनी बजार जाउँ भनेर जिल्ला कैलाली भजनी नगरपालिका वडा नं.८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा जर्बजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डर,त्रास,धाक धम्की देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी थप अनुसन्धान थालेको पनि कैलाली प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता