-यापिड टेष्टमा केहीको रिपोर्ट पोजेटिभ, विरामीको गोपनीयताको सम्मान गरिदिनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिभिन्न जिल्लामा गरिएको र्यापिड डाइनोष्टिक टेष्टमा केहीको रिपोर्ट पोजिटिभ आएको जनाएको छ ।
यस्तै मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित सनसिटी कोलोनीमा दुई संक्रमितसंगै आशंका गरिएको वुहारीको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सनसिटी कोलेनीमा आज -यापिड टेष्टमार्फत २९८ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
उहाँले बिभिन्न जिल्लामा गरिएको र्यापिड टेष्टमा केहीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै पीसीआर प्रविधिबाट उनीहरुको रिपोर्ट आउने बाँकी रहेको बताउनुभयो ।
प्रवक्ता देवकोटाले अहिले मुलुकका १४ जिल्ला छोडेर सबैमा र्यापिड टेष्ट भइरहेको बताउदै हालसम्म बाँकी १४ जिल्लामा पनि चाँडै सुरु हुने बताउनुभयो ।
पीसीआर प्रविधिबाट हालसम्म ६ हजार ८ सय ७१ र -यापिड टेष्टबाट ८ हजार ९ सय २९ गरी कुल १५ हजार ८ सय परीक्षण सम्पन्न भइसकेको जनाउदै प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४ जनाको परीक्षण भएको बताउनुभयो ।
प्रवक्ता देवकोटाले कोही पनि संक्रमित एवं आशंकितको नाम र ठेगाना उल्लेख नगरिदिन आग्रह गर्दै विरामीको वैयक्तिक अधिकारको संरक्षण गरिदिन समेत आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता