दुबई र भारतबाट फर्किएका काभ्रेका दुई युवामा कोरोना संक्रमणको आशंका


काभ्रे, २ वैशाख । काभ्रेको बिभिन्न स्थानीय तहमा गरिएको ¥यापिड टेष्टमा दुई युवामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
स्थानीय तहको अगुवाईमा भएको परीक्षणमा दुई युवामा संक्रमणको आशंका गरिएको हो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का एक युवामा संक्रमणको आंशका गरिएको छ । २३ बर्षीय ती युवा गत चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट नेपाल फर्किएका थिए ।
मण्डनदेउपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा तोकिएको अवधि बसेर घर फर्केपछि उनमा परीक्षण पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि उनलाई पुनः ल्याएर निगरानीमा राखिएको नगरपालिकाका एक पदाधिकारीले न्यूज २४ लाई बताए ।
यस्तै संक्रमणको आशंका गरिएका अर्का युवा चैत ९ गते भारतबाट घर फर्किएका हुन् । २८ बर्षीय ती युवक काभ्रेको वेथानचोक गाउँपालिका वडा नम्बर ५ निवासी हुन् । यिनी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेको बताइएको छ ।
दुबैको थ्रोट स्वाबको नमुना अन्तिम परीक्षणका लागि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता