सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईमा कोरोना संक्रमण पुष्टि, एकको रिपोर्ट आउन बाँकी


काठमाडौं, २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएका तीनजना मध्ये २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको अस्पताल स्राेतले जानकारी दिएकाे छ । तेस्रो व्यक्तिको भने रिपोर्ट आइसकेको छैन ।
सोमबार उनीहरुको र्‍यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । थप परीक्षणका लागि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो भने लगत्तै पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
उनीहरूमा कोरोना पुष्टि भएको बारे सरकारले औपचारिक रूपमा भने अहिलेसम्म जानकारी दिएको छैन, तर बेलुका स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रकमा जानकारी गराउनेछ ।
अस्पताल भर्ना गरिएकाहरू एकै परिवारका सदस्य रहेका छन् । उनीहरू तीनैजना २८ दिनअघि बेलायतबाट नेपाल अाएका थिए । उनीहरूमा काेराेना पाेजेटिभ देखिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । यस घटनापछि साे अपार्टमेन्टमा बस्दै आएका झण्डै ४०० पारिवार त्रासमा रहेका छन् ।
अर्थमन्त्री गएकाे भन्ने हल्ला सत्य हैन : पाैडेल
यसैबीच, अर्थ तथा सूचनामन्त्री डा युवराज खतिवडा समेत केही दिनअघि सो अपार्टमेन्टमा गएको भन्ने समाचार मिडियाहरुमा आएपछि खतिवडाका प्रेस संयोजक यमन पौडेलले खण्डन गर्नुभएकाे छ । पौडेलले अर्थमन्त्री खतिवडा सनसिटी नगएको र संक्रमितसँग कुनै भेट नभएको बताउनुभएकाे हाे ।
अर्थमन्त्रीका प्रेस संयोजक पौडलले अर्थमन्त्री डा. खतिवडा यसबीचमा मन्त्रालय, बालुवाटार र घरबाहेक अन्यत्र कतै पनि नजानुभएको दावी गर्नुभयाे । उहाँ सनसिटीमा जानुभएको भन्ने समाचार र हल्लामा कुनै सत्यता नभएको पाैडेलले न्यूज २४ लाई बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता