भारतमा १९ दिन लकडाउन थपियाे


काठमाडाैं, २ वैशाख । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिणी छिमेकी राष्ट्र भारतमा १९ दिन लकडाउन थपिएकाे छ ।
मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीकाे नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।


देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए । उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।
‘देशवासीको तपस्या र त्यागका कारणा भारतमाकोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं’, उनले भने, ‘सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको छ ।’
पछिल्लाे समय भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसिम्म भारतमा कोरोना भाइरसका कारण ३५८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४५३ जना संक्रमित भएका छन् । साेमबार मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४८ जना थप नयाँ संक्रमित फेला पेरका छन् ।
नेपालमा पनि आजै मन्त्रिपरिषदको बैठक बस्दै छ । नेपाल सरकारले पनि लकडाउनलाई लम्ब्याउने तयारी गरिरहेको छ । यदि नेपालले लकडाउन नथपे भारतीय नागरिक नेपाल भित्रिने प्रवल सम्भावना रहेकाे छ ।
नेपाल र भारत दुवै देशमा लकडाउन भएकाे बेला नै नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । यदि नेपालले लकडाउन नबढाउने हाे भने धेरै भारतीय नागरिक नेपाल भित्रिने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता